१४ असोज, काठमाडौं । नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसाल अर्घाखाँचीबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएकी छन् ।
उनी खस–आर्य महिला क्लस्टरबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएकी हुन् । उपसभापति भुसालले एक हजार ४४६ मत प्राप्त गरेकी छन् ।
कांग्रेसका अर्का उपसभापति विश्वप्रकाश शर्मा झापा–१ बाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएका थिए । शर्माले ६३८ मत पाएर महाधिवेशन प्रतिनिधि चुनिएका हुन् ।
कांग्रेस सभापति गगन थापा काठमाडौं–४ र महामन्त्री प्रदीप पौडेल काठमाडौं–५ बाट सर्वसम्मत महाधिवेशन प्रतिनिधि चयन भएका थिए ।
नेपाली कांग्रेसको १५ औं महाधिवेशन यही असोज १८ गते काठमाडौंको खुलामञ्चमा सुरु हुँदैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4