१४ असोज, काठमाडौं । कप्तान शुभमन गिलको शानदार दोहोरो शतक र रोहित शर्माको शतक शतकसहित साझेदारी मद्दतमा भारतले वेस्ट इन्डिजसँगको दोस्रो ओडीआईमा कीर्तिमानी जित हासिल गरेको छ ।
बुधबार गुवाहाटीमा भएको खेलमा वेस्ट इन्डिजले दिएको ४०६ रनको विशाल लक्ष्य पूरा गर्दै भारतले ओडीआई क्रिकेटमा आफ्नो सबैभन्दा सफल रन चेज पूरा गरेको हो । भारतले ४३.३ ओभरमा २ विकेट मात्र गुमाएर लक्ष्य पूरा गर्यो ।
गिल र रोहित मिलेर पहिलो विकेटका लागि २५५ रनको साझेदारी गरेका थिए । गिल १३३ बलमा २२३ रन बनाएर अविजित रहे । रोहितले १०१ रन बनाए । रुतुराज गायक्वाडले अविजित ३१ तथा विराट कोहलीले २९ रन बनाए ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले ५० ओभरमा ७ विकेट गुमाएर ४०५ रनको विशाल योगफल खडा गरेको थियो ।
वेस्ट इन्डिजका तीन ब्याटरले शतक प्रहार गरे । ओपनर जोन क्याम्पबेल, कप्तान शाइ होप र अमिर जाङ्गोले शतक बनाएका हुन् ।
क्याम्पबेलले ६८ बलमा ९ चौका र ५ छक्कासहित १०१ रन बनाए । होपले ९४ बलमा १०४ तथा जाङ्गोले ७७ बलमा ११४ रन बनाए । रस्टन चेस २९ रनमा अविजित रहे ।
भारतका लागि गुर्नुर ब्रार, रविन्द्र जडेजा र कुलदीप यादवले २-२ विकेट लिँदा प्रसिध कृष्णाले १ विकेट लिए ।
यसअघि भारतले पहिलो खेलमा पनि २९७ रनको लक्ष्य सहजै पूरा गरेको थियो ।
यसअघि भारतको सर्वाधिक सफल रन चेज सन् २०१३ मा अस्ट्रेलियाविरुद्ध पूरा गरेको ३६० रनको लक्ष्य रहेको थियो ।
प्रतिक्रिया 4