+
+
Shares

रुकुम पश्चिममा निर्धारित समयभन्दा नौ महिनाअगावै पुल निर्माण

पुल निर्माणका लागि २०८२ असार २० गते सम्झौता भएको थियो । सम्झौताअनुसार २०८४ असार २० गतेसम्म निर्माण सम्पन्न गर्नुपर्ने समयवधि थियो ।

हेमन्त केसी हेमन्त केसी
२०८३ असोज १४ गते २१:२१

१४ असोज, सुर्खेत । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–३ र ४ जोड्ने बालुवाचौरस्थित तिल्चाखोला सडक पुल निर्धारित समयभन्दा करिब नौ महिनाअघि नै निर्माण सम्पन्न भएको छ ।

पुल निर्माणका लागि २०८२ असार २० गते सम्झौता भएको थियो । सम्झौताअनुसार २०८४ असार २० गतेसम्म निर्माण सम्पन्न गर्नुपर्ने समयवधि थियो ।

तर, निर्माण कम्पनीले यही असोज ८ गते नै निर्माण सकेको पूर्वाधार विकास कार्यालय चौरजहारीका कार्यालय प्रमुख रामचन्द्र बीसीले बताए ।

उनका अनुसार पुल निर्माणको कुल लागत ८ करोड ६९ लाख २७ हजार ९२४ रुपैयाँ ९८ पैसा रहेको छ । पुल निर्माणको जिम्मा ज्वालामुखी/हिमशिखर हिरा जेभी, काठमाडौंले पाएको थियो ।

पुल निर्माण भएपछि बाँफिकोट गाउँपालिका–३ र ४ का बासिन्दालाई आवतजावत गर्न सहज हुने भएको छ ।

निर्माण सम्पन्न भएको पुलको बुधबार कर्णाली प्रदेशका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री मिलन खड्का रोकाले उद्घाटन गरेका छन् । उनले समयअगावै काम सम्पन्न गरेकोमा निर्माण व्यवसायीलाई धन्यवाद दिए ।

लेखक
हेमन्त केसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?