+
+
Shares

ट्रम्प र मोदीबीच टेलिफोन वार्ता, के भयो कुराकानी ?

कुराकानीका क्रममा क्षेत्रीय तथा अन्तर्राष्ट्रिय विषयमा पनि छलफल भएको मोदीले बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १४ गते २१:२६

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग राम्रो कुराकानी भएको बताएका छन् ।

मोदीले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै भारत र अमेरिकाबीच व्यापार, रक्षा, ऊर्जा, महत्वपूर्ण प्रविधि तथा अन्य क्षेत्रमा भइरहेको द्विपक्षीय सहकार्यबारे समीक्षा गरिएको बताएका छन् ।

उनले दुवै देशले आफ्नो व्यापक वैश्विक रणनीतिक साझेदारीलाई थप अघि बढाउन निरन्तर नजिकको सम्पर्कमा रहने सहमति जनाएको उल्लेख गरेका छन् ।

कुराकानीका क्रममा क्षेत्रीय तथा अन्तर्राष्ट्रिय विषयमा पनि छलफल भएको मोदीले बताएका छन् ।

दुवै नेताले विश्वमा शान्ति र सुरक्षा प्रवर्द्धन गर्न भइरहेका प्रयासबारे समेत छलफल गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?