+
+
Shares

राष्ट्रपति पौडेलले गरे चालु अधिवेशन अन्त्य

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १५ गते १३:०७
फाइल तस्वीर

१५ असोज, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार राति १२ बजेपछि लागु हुने गरी संसद्को चालु अधिवेशन अन्त्य गरेका छन् ।

सरकारले गरेको सिफारिसका आधारमा राष्ट्रपति पौडेलले संसद्को चालु अधिवेशन अन्त्य गरेका हुन् ।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले अधिवेशन अन्त्य गर्ने गरी निर्णय गरेर राष्ट्रपति कार्यालयमा पत्र पठाएको थियो ।

सरकारको सिफारिसमा राष्ट्रपतिले संसद् अधिवेशन अन्त्य गर्ने व्यवस्था छ ।

संघीय संसद्को चालु अधिवेशन २८ वैशाख २०८३ सालदेखि सुरु भएको हो । चालु अधिवेशनमा सरकारले ल्याएका बजेट र बजेटसँग सम्बन्धित कानुनहरू बनेका छन् । यसबाहेक सरकारले संसद् अधिवेशन नरहेका बेला ल्याएका अध्यादेश स्वीकृत भए ।

हेर्नुहोस् विज्ञप्ति :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?