+

पोखरा भ्रमणमा रहेको भुटानको लगातार तेस्रो हार, क्यान–११ विजयी

२०८३ असोज  १५ गते १३:५२ २०८३ असोज १५ गते १३:५२

१५ असोज, काठमाडौं । पोखरा भ्रमणमा रहेको भुटान पुरुष क्रिकेट टोलीले लगातार तेस्रो हार बेहोरेको छ । पोखरा रंगशालास्थित क्रिकेट मैदानमा बिहीबार भएको आफ्नो तेस्रो अभ्यास खेलमा भुटान क्यान–११ सँग १३ रनले पराजित भयो । यसअघि गण्डकी प्रदेशसँग सुरुवाती दुई खेलमा पराजित भएको थियो ।

क्यान–११ ले दिएको १२४ रनको लक्ष्य पछ्याएको भुटानले ११० रन मात्र बनाउन सक्यो । भुटानका लागि ओपनर नाम्गे थिन्लेले सर्वाधिक २९ रन बनाएपनि जितका लागि पर्याप्त हुन सकेन ।

थिन्ले जम्त्सो र सोनाम चोपेलले समान १९, रञ्जुङ मिक्यो दोर्जीले १२, छिरिङ टाशीले ९, कर्मा दोर्जीले ४, सोनाम येशेले ५ रनको योगदान दिए । तेञ्जिन राब्गे, गकुल कुमार घाले र टाशी दोर्जीले कुनै पनि रन जोड्न सकेनन् । आनन्द मंगर १० रनमा अविजित रहे ।

बलिङमा क्यान–११ का विपिन शर्माले सर्वाधिक ३ विकेट लिए । कप्तान विपिन खत्री र युवराज खत्रीले समान दुई तथा दयानन्द मन्डलले एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको क्यान–११ ले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२३ रन बनाएको थियो । धरमराएको क्यान–११ को ब्याटिङ कप्तान विपिन खत्रीले उकासेका थिए ।

उनले ३६ बलमा ५२ रनको योगदान दिए । अर्जुन कुमाल २५, तृतराज दास ४, मयंक यादव ८, दीपकप्रसाद डुम्रे २, सोहिल कुँवर १, रसिद खान ८, युवराज खत्री ८ र आकाश चन्द २ रनमा आउट भए । विपिन शर्मा ३ रनमा अविजित रहे ।

बलिङमा भुटानका थिन्ले जम्त्सो, गकुल कुमार घाले र सोनाम येशेले समान दुई तथा कर्मा दोर्जी र नेम्गे थिन्लेले एकएक विकेट लिए ।

आईसीसी टी–२० विश्वकप एसिया उप–क्षेत्रीय छनोट ‘ए’ को तयारीका लागि पोखरा भ्रमणमा रहेको भुटानले चौथो तथा अन्तिम अभ्यास खेल शुक्रबार क्यान–११ सँग खेल्नेछ ।

क्यान-११ भुटान क्रिकेट टोली
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय