+
+
Shares

सलिको र हिमालयन बुलियनबीच सहकार्य, ग्राहकलाई १० लाखसम्मको दुर्घटना बीमा सुविधा

सम्झौता अनुसार हिमालयन बुलियनको सदस्यता योजनामा आबद्ध योग्य ग्राहकले आफ्नो सदस्यता स्तर अनुसार सलिकोको दुर्घटना बीमा सुविधा प्राप्त गर्नेछन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १५ गते २०:०५

१५ असोज, काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) र हिमालयन बुलियन कम्पनी लिमिटेडबीच ग्राहक तथा सदस्यलाई थप वित्तीय सुरक्षा प्रदान गर्न दुर्घटना बीमा सुविधा उपलब्ध गराउने सम्बन्धमा सम्झौता भएको छ ।

सम्झौता अनुसार हिमालयन बुलियनको सदस्यता योजनामा आबद्ध योग्य ग्राहकले आफ्नो सदस्यता स्तर अनुसार सलिकोको दुर्घटना बीमा सुविधा प्राप्त गर्नेछन् ।

उक्त योजनामा संलग्न हुने सिल्भर मेम्बरसिपका ग्राहकले १ लाखसम्म, गोल्ड मेम्बरसिपका ग्राहकले ५ लाखसम्म र डायमन्ड मेम्बरसिपका ग्राहकले १० लाख रुपैयाँसम्मको दुर्घटना बीमा सुविधा प्राप्त गर्नेछन् ।

उक्त बीमा सुविधा आगामी दसैंको घटस्थापनादेखि लागु हुने जनाइएको छ । आकस्मिक दुर्घटनाबाट उत्पन्न हुन सक्ने आर्थिक जोखिम न्यूनीकरण गर्दै हिमालयन बुलियनका ग्राहक तथा सदस्यलाई यस प्रकारको सुरक्षा प्रदान गर्ने उद्देश्यले यो सहकार्य गरिएको कम्पनीको भनाइ छ ।

यस सहकार्य अन्तर्गत उपलब्ध बीमा सुविधामा दुर्घटनाका कारण हुने मृत्यु तथा स्थायी वा अस्थायी अशक्तता र दुर्घटनाजन्य उपचार खर्चसम्बन्धी कभर सदस्यताको योजनामा उल्लेख भए अनुसार उपलब्ध हुनेछ ।

ग्राहकलाई सेवा र सुरक्षालाई एकसाथ जोड्ने उद्देश्यले गरिएको यस सहकार्यले हिमालयन बुलियनका सदस्यलाई आफ्नो सदस्यता योजनासँगै अतिरिक्त सुरक्षा सुविधा प्राप्त गर्ने अवसर प्रदान गर्ने छ ।

सलिकोले ग्राहकको बदलिँदो आवश्यकता र जोखिम सम्बोधन गर्दै बीमा पहुँच विस्तार तथा विभिन्न क्षेत्रका संस्थासँगको सहकार्य मार्फत थप प्रभावकारी बीमा सुरक्षा उपलब्ध गराउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?