+
+
Shares

२३ वर्षीय खान अर्घाखाँचीबाट कांग्रेसको महाधिवेशन प्रतिनिधि

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १५ गते २१:२०

१५ असोज, अर्घाखाँची ।  नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि अर्घाखाँचीबाट २३ वर्षीय युवा नेता हलिम खान महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।

उनी ३५ वर्षमुनिको युवा क्लस्टरतर्फबाट महाधिवेशन प्रतिनिधि बनेका हुन् ।

सानै उमेरदेखि सामाजिक तथा राजनीतिक गतिविधिमा सक्रिय उनी २०७४ सालमा नेपाल विद्यार्थी संघको नगर सदस्यबाट राजनीतिमा प्रवेश गरेका थिए ।

उनी नेपाली कांग्रेस प्रचार–प्रसार विभाग लुम्बिनी प्रदेशका सदस्यसमेत हुन् । १४औँ महाधिवेशनमा उनी देशकै कान्छा क्षेत्रीय प्रतिनिधिका रूपमा चर्चामा आएका थिए ।

कांग्रेसको विधानअनुसार प्रत्येक संघीय निर्वाचन क्षेत्रबाट ३५ वर्षमुनिका युवामध्ये दुई जना खुला र एक जना महिला गरी तीन जनालाई केन्द्रीय महाधिवेशन प्रतिनिधिका रूपमा चयन गर्ने व्यवस्था गरिएको छ ।

यही प्रावधानअन्तर्गत खान महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?