१७ असोज, काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा ब्राजिलले भारतलाई ४–० गोलले पराजित गरेको छ ।
कोलकाताको साल्ट लेक स्टेडियममा भएको खेलमा ब्राजिलले दुवै हाफमा दुई-दुई गोल गर्यो ।
२९औं मिनेटमा इस्तिभाओको गोलमार्फत अग्रता लिएको थियो । ४२औं मिनेटमा पेड्रोले गोल गर्दै ब्राजिलको अग्रता दोब्बर बनाए ।
दोस्रो हाफमा सामुयल लिनोले ५८औं मिनेटमा गोल गर्दै ब्राजिललाई ३–० को अग्रता दिलाए भने उनैले इन्जुरी समयको अन्तिम क्षणमा गोल गर्दै ४-० को जित दिलाए ।
भारतले पनि खेलमा गोलका केही उत्कृष्ट अवसर सिर्जना गरे पनि त्यसलाई गोलमा परिणत गर्न सकेन ।
ब्राजिलले अब अक्टोबर ६ मा कोलकातामै उरुग्वेसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्नेछ ।
प्रतिक्रिया 4