+
+
Shares

सरकार ढल्दैन, बरु सरकार ढल्छ भन्ने मान्छे बेहोस् भएर ढल्छ : सभापति लामिछाने

सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले बालेन शाह नेतृत्वको सरकार नढल्ने दाबी गरेका छन्।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १८ गते १७:४८

१८ असोज, काठमाडौं। सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले बालेन शाह नेतृत्वको सरकार नढल्ने दाबी गरेका छन्।

नेपाल कांग्रेसको १५औं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले सरकार ढल्छ-ढल्छ भन्ने मान्छे नै बेहोश भएर ढल्ने टिप्पणी गरेका हुन्।

‘कहिलेकाहीँ सुनिन्छ, सरकार कमजोर भयो, सरकार ढल्छ, अहिलै ढल्छ, भोलि ढल्छ, दशैंमा ढल्छ, तिहारमा ढल्छ, छठमा ढल्छ, नेपाल संवत्‌मा ढल्छ, ढल्छ कि ढल्छ भनेको सुन्छु’, उनले भने, ‘ढल्न त ढल्छ, तर यो पटक-पटक सरकार ढल्छ भन्ने मान्छे सरकार नढलेको देखेर बेहोश भएर ढल्छ।’

उनले यसपटक व्यक्तिलाई चुनेको भन्दा पनि इतिहासलाई बदल्नको लागि सरकार चुनेको बताए। उनले जनमतको हुर्मत लिने काम नगर्न पनि आग्रह गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?