+
+
Shares

कांग्रेस महामन्त्रीमा उम्मेदवारी दिने महालक्ष्मी उपाध्याय ‘डिना’ को घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १९ गते ८:०४
फाइल तस्वीर

१९ असोज, काठमाडौं । नेपाली कांग्रेसकी नेतृ महालक्ष्मी उपाध्याय ‘डिना’ ले महामन्त्री पदमा उम्मेदवारी दिने भएकी छन् ।

उनी कांग्रेसको १४औँ महाधिवेशबाट सहमहामन्त्रीमा निर्वाचित भएकी थिइन् ।

कांग्रेसको १५औं महाधिवेशन आइतबारदेखि काठमाडौंमा सुरु भएको छ । कांग्रेसका अनुसार आजदेखि बन्दसत्र र निर्वचन कार्यक्रम सुरु हुने कार्यतालिका छ ।

उनले अनलाइनखबरसँग भनिन्, ‘मैले डिक्लिएयर गरिसकें । म महामन्त्रीमा उम्मेदवारी दिँदैछु ।’

डिना पूर्वपार्टी सभापति शेरबहादुर देउवा समूहमा थिइन् । संस्थापन पक्षको वडा अधिवेशन सुरु हुनुभन्दा केही दिन अघि मात्रै उनी संस्थापन पक्षमा आएकी थिइन् ।

कांग्रेस १५औँ महाधिवेशन विशेष
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?