१९ असोज, काठमाडौं । नेपाली कांग्रेसका नेता जीवन परियारले उपसभापतिको उम्मेदवारी घोषणा गरेका छन् ।
पूर्व सहमहामन्त्री परियारले सामाजिक सञ्जाल मार्फत उम्मेदवारीको घोषणा गरेका हुन् ।
गत महाधिवेशनमा दलित क्लष्टरबाट सहमहामन्त्रीमा निर्वाचित परियार वर्तमान समितिमा केन्द्रीय सदस्य छन् । उपसभापति पुष्पा भुसाल नेतृत्वको ‘इलेक्सन ब्य्ूरो’ मा उनी उपप्रमुख छन् ।
उपसभापति पद चार जना बनाउने गरी विधान संशोधन गरिएको छ । एक जना वरिष्ठ उपसभापति, एक जना महिला सहित थप दुई गरी चार जना उपसभापति हुनेछन् ।
उपसभापति पदमा पुष्पा भुसाल, भीष्म आङ्देम्बे, सुरेन्द्र पाण्डे, गोविन्द भट्टराई, दीपक गिरी, लगायतले उम्मेदवारी घोषणा गरेका छन् ।
कांग्रेस १५औँ महाधिवेशन विशेष
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4