+
+
Shares

दैलेखका सर्वराज जोशी कर्णालीको मुख्य न्यायाधिवक्ता नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १९ गते १४:२५

१९ असोज, सुर्खेत । कर्णाली प्रदेश सरकारको मुख्य न्यायाधिवक्तामा दैलेखका अधिवक्ता सर्वराज जोशी नियुक्त भएका छन् ।

नारायण नगरपालिका–१, दैलेख निवासी जोशीलाई कर्णाली प्रदेश सरकारले नियूक्त गरेको हो ।

मुख्य न्यायाधिवक्ताका रूपमा जोशीले प्रदेश सरकारलाई कानुनी राय तथा परामर्श दिने, प्रदेश सरकारका तर्फबाट अदालतमा प्रतिनिधित्व गर्ने तथा प्रदेश सरकारसँग सम्बन्धित कानुनी विषयमा आवश्यक भूमिका निर्वाह गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?