+
+
Shares

सुदूरपश्चिम सरकार बजेटको अन्तिम तयारीमा, बोलाइयो कार्यव्यवस्था बैठक

यसअघि तत्कालीन मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकारले ल्याएको चालु आर्थिक वर्षको बजेट प्रदेश सभाबाट पारित हुन नसकेपछि राजनीतिक समीकरण नै फेरिएर एमालेको समर्थनमा नेकपाका खगराज भट्ट मुख्यमन्त्री बनेका छन् ।

जनक विष्ट जनक विष्ट
२०८३ असोज २० गते ७:५०

२० असोज, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को बजेट ल्याउने अन्तिम तयारी गरेको छ । प्रदेश सरकारले बुधबार प्रदेश सभामा बजेट पेस गर्ने गरी तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।

प्रदेश सरकारका प्रवक्ता एवंम् उद्योग पर्यटन वन तथा वातावरणमन्त्री प्रकाश रावलले बुधबारसम्म प्रदेश सभामा प्रस्तुत गर्ने गरी बजेट निर्माण अन्तिम चरणमा पुगेका जानकारी दिएका छन् । उनकाअनुसार आर्थिक मामिला मन्त्रालयले दिएको सिलिङअनुसार यसअघिका वार्षिक कार्यक्रम संशोधनसहित विषयगत मन्त्रालयले बजेट प्रणाली योजना इन्ट्री गरेका छन् ।

केही मन्त्रालयले भने योजना इन्ट्री गर्न बाँकी रहेको छ ।  सरकारले बुधबार प्रदेश सभामा बजेट पेस गर्ने तयारी गरेपछि आज कार्यव्यवस्था परामर्श समितिको बैठक बोेलाइएको छ । बैठक बिहान ११ बजे सभामुुख भीमबहादुर भण्डारीको कार्यकक्षमा बस्दैछ । कार्यव्यवस्था परामर्श समितिले प्रदेश सभाको बैठक बोलाउनेबारे निर्णय लिनेछ ।

यसअघि तत्कालीन मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकारले ल्याएको चालु आर्थिक वर्षको बजेट प्रदेश सभाबाट पारित हुन नसकेपछि राजनीतिक समीकरण नै फेरिएर एमालेको समर्थनमा नेकपाका खगराज भट्ट मुख्यमन्त्री बनेका थिए ।

बजेट पारित हुन नसकेपछि प्रदेशमा राजश्व संकलनको काम नरोकिएपनि खर्च गर्न नपाइएपछि आंशिक बजेट शून्यताको अवस्था छ । मुख्यमन्त्री भट्टले भदौ मसान्तभित्र बजेट ल्याउने बाचा गर्दै आएका थिए तर सरकारले भने असोजको तेस्रो साता बजेट ल्याउने तयारी गरेको हो ।

लेखक
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?