+
+
Shares

डा. मीनेन्द्र रिजालद्वारा कांग्रेस उपसभापतिमा उम्मेदवारी दर्ता

नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजालले उपसभापतिमा उम्मेदवारी दर्ता गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २० गते १४:५२

२० असोज, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजालले उपसभापतिमा उम्मेदवारी दर्ता गरेका छन् । कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत मंगलबार उनले खुला उपसभापति पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।

यसअघि २०७८ मा सम्पन्न कांग्रेसको १४ औं महाधिवेशनमा रिजाल महामन्त्रीमा भिडेका थिए । त्यो बेला डा. शेखर कोइरालाको प्यानलबाट लडेका रिजाल पराजित भएका थिए ।

यसपटक उनले उपसभापतिमा उम्मेदवारी दिने घोषणा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?