+
+
Shares

करिब ६ महिनापछि बोर्डले स्वीकृत गर्‍यो आईपीओ

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २० गते १५:३२

२० असोज, काठमाडौं करिब ६ महिनाको अन्तरालपछि नेपाल धितोपत्र बोर्डले आईपीओ स्वीकृति प्रदान गरेको छ । मंगलबार हिम पर्वत हाइड्रोपावर कम्पनीलाई बोर्डले आईपीओ निष्कासनको अनुमति दिएको हो ।

वैशाख २ पछि पहिलो पटक बोर्डले आईपीओ स्वीकृत गरेको हो । हिम पर्वतले १ अर्ब ६९ करोड रुपैयाँको सेयर जाारी गर्नेछ । कम्पनीले अंकित मूल्य १ सयका दरले १ करोड ६९ लाख कित्ता सेयर जारी गर्नेछ ।

जसमध्ये संस्थापक समूहको ६५ प्रतिशत र सर्वसाधारण समूहमा ३५ प्रतिशत सेयर निष्कासन गर्नेछ । सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल रहेको छ। आईपीओका लागि कम्पनीको आवश्यक मापदण्ड पूरा हुने दाबी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?