+
+
Shares

कांग्रेसको समावेशी उपसभापतिमा रञ्जित कर्ण र सीता गुरुङद्वारा पनि उम्मेदवारी

यो क्लस्टरबाट एक जना उपसभापति चुनिने व्यवस्था गरिएको छ । 

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २० गते १७:११

२० असोज, काठमाडौं । नेपाली कांग्रेसको समावेशी उपसभापति पदमा थप दुई जनाको उम्मेदवारी परेको छ ।

कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत मंगलबार रञ्जित कर्ण र सीता गुरुङले पनि भर्खरै समावेशी उपसभापति पदमा उम्मेदवारी दर्ता गराएका छन् ।

यसअघि समावेशी उपसभापति पदमै विनोद चौधरी, फरमुल्लाह मन्सुर र जीवन परियारले पनि उम्मेदवारी दर्ता गराएका छन् ।

यो क्लस्टरबाट एक जना उपसभापति चुनिने व्यवस्था गरिएको छ ।

कांग्रेस १५औँ महाधिवेशन विशेष
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?