२० असोज, काठमाडौं । नेपाली कांग्रेसको सहमहामन्त्री पदमा शुभराम बस्नेतले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।
उनले खस आर्य समूहतर्फबाट उम्मेदवारी दर्ता गराएका हुन् । उनी सोलुखुम्बु क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएर आएका हुन् ।
शीर्ष नेतृत्व, अग्रज तथा साथीहरूको सरसल्लाह र सुझावलाई आत्मसात गर्दै आफू सहमहामन्त्री पदमा अघि बढेको उनले बताएका छन् ।
‘मेरो यात्रा आजबाट सुरु भएको होइन—बाल्यकालदेखि नै लोकतन्त्र, संगठन र जनताको आवाजसँग जोडिएको यात्रा हो,’ उनले भनेका छन् ।
उनी शंकरदेव क्याम्पसको स्ववियु सभापति तथा विद्यार्थी नेतृत्वमा रहेर काम गरेका व्यक्ति हुन् ।
यो महाधिवेशन केवल नेतृत्व चयन गर्ने अवसर नभइ पार्टीको भपिवष्टय तय गर्ने महत्त्वपूर्ण क्षण रहेको उनको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4