+
+
Shares

नारायणगढ-काठमाडौं सडकखण्डमा घटस्थापनादेखि पूर्णिमासम्म ठूला मालवाहक सवारी रोक

निर्णय अनुसार २५ असोजदेखि ८ कात्तिकसम्म नारायणगढ-काठमाडौं रुटमा ठूला सवारी चलाउन पाइने छैन ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २० गते १७:३७

२० असोज, काठमाडौं । नारायणगढ-काठमाडौं सडकखण्डमा दसैं घटस्थापनादेखि पूर्णिमासम्म ट्रेलर लगायत ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइने भएको छ ।

यातायात व्यवस्था विभागमा आज बसेको सरोकारवालाको बैठकले यस्तो निर्णय गरेको हो । दसैंमा यात्रुवाहक सवारीको अत्यधिक चाप रहन्छ ।

निर्णय अनुसार २५ असोजदेखि ८ कात्तिकसम्म नारायणगढ-काठमाडौं रुटमा ठूला सवारी चलाउन पाइने छैन । तर, खाद्य सामग्री, औषधि, फलफूल तथा अन्य अत्यावश्यक सामग्री बोकेका सवारी भने निर्वाध गुड्न पाउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?