२० असोज, काठमाडौं । नेपाली कांग्रेसको केन्द्री सदस्यमा सौगात थापाले उम्मेदवारी दिएका छन् । मंगलबार दिउँसो उनले केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गरेका हुन् ।
थापाले ३५ वर्ष मुनिका केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएका हुन् । थापा कास्की–२ बाट महाधिवेशन प्रतिनिधि भएका हुन् ।
थापाले इन्फोम्याक्स कलेजबाट एमबीएसमेत गरेका छन् । केही साताअघि पोखरा उद्योग वाणिज्य संघको उद्योग उपाध्यक्षमा उनी निर्वाचित समेत भएका छन् । उनी पर्यटन व्यवसायी समेत हुन् । थापा अंशुभरा ग्रुपका निर्देशक समेत रहेका छन् ।
थापा पोखरा महानगरपालिकाको नेविसंघको सभापति भइसकेका छन् । उनी क्षेत्रीय प्रतिनिधि २ पटक भइसकेका छन् ।
१४ औं महाधिवेशनमा पनि विजयी भएका थिए । १५ औं महाधिवेशनमा महाधिवेशन प्रतिनिधि भए । पोखरा उद्योग वाणिज्य संघमा २ पटक सदस्य भइसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4