२० असोज, काठमाडौं । प्रिमियर इन्टरनेसनल आईबी कन्टिन्युम स्कुलले डिप्लोमाथन वर्ल्ड सिम्पोजियम २०२६ मा लगातार दोस्रो वर्ष ‘ओभरअल बेस्ट डेलिगेसन’को उपाधि जितेको छ ।
प्रतियोगितामा प्रिमियरका विद्यार्थीले प्रदान गरिएका १२ मध्ये ८ वटा अवार्ड हात पारेका छन् । जलवायु परिवर्तन, विश्व स्वास्थ्य, भविष्यको शिक्षा तथा मिडिया, गेमिङ एन्ड इन्टरटेनमेन्ट गरी चारवटै समितिमा प्रिमियरका विद्यार्थीले विभिन्न विधाका पुरस्कार जितेका हुन् ।
कक्षा ५ देखि १० सम्मका विद्यार्थीले प्रतियोगितामा सहभागिता जनाएका थिए । एसडीजी १३ : क्लाइमेट एक्सनतर्फ कक्षा ५ की अमिशा कोइरालाले तथा एसडीजी ३ : गुड हेल्थ एन्ड वेल बिइङतर्फ कक्षा ५ का अनुज के. घिमिरेले ‘बेस्ट डेलिगेट’को अवार्ड पाए ।
सोही समितिमा शार्लेन लुइँटेलले ‘हाइ कमेन्डेसन’ र परिनिधि शाहीले ‘स्पेसल मेन्सन’ प्राप्त गरे । युनाइटेड प्यानल फर फ्युचर रेडी एजुकेसनमा कक्षा ६ की दर्शनीका न्यौपानेले ‘हाइ कमेन्डेसन’ प्राप्त गरिन् ।
त्यस्तै, मिडिया, गेमिङ एन्ड इन्टरटेनमेन्ट समितिमा कक्षा ९ का आयुष्मान अग्रवालले ‘बेस्ट डेलिगेट’, कक्षा १० का आरोन श्रेष्ठले ‘हाइ कमेन्डेसन’ तथा कक्षा ९ की अनुष्का रोयले ‘स्पेसल मेन्सन’ प्राप्त गरे ।
डिप्लोमाथनमा विद्यार्थीले समसामयिक विश्व मुद्दामाथि धारणा राख्नुका साथै फरक विचार सुन्ने, छलफल गर्ने, वार्ता गर्ने र तत्काल समाधान खोज्ने अभ्यास गर्छन् । प्रिमियरका विद्यार्थीले प्रतियोगितामार्फत कक्षाकोठामा सिकेका यस्ता सीपलाई व्यवहारमा प्रयोग गर्ने क्षमता प्रदर्शन गरेको विद्यालयले जनाएको छ ।
नेपालको पहिलो तथा एकमात्र आईबी कन्टिन्युम स्कुल रहेको प्रिमियरले प्रारम्भिक तहदेखि डिप्लोमा कार्यक्रमसम्म अन्तर्राष्ट्रिय स्नातक संगठन (आईबी)को पाठ्यक्रम सञ्चालन गर्दै आएको छ ।
जिज्ञासा, आलोचनात्मक सोच, सञ्चार तथा फरक दृष्टिकोण बुझ्नेलगायत सीपमा केन्द्रित शैक्षिक अभ्यासलाई डिप्लोमाथनमा प्राप्त उपलब्धिले थप पुष्टि गरेको विद्यालयको भनाइ छ ।
प्रतिक्रिया 4