+
+
Shares

जनकपुरमा अचेत भेटिएका युवकको मृत्यु

मंगलबार दिउँसो पौने १२ बजे उनी अचेत अवस्थामा फेला परेका थिए । उनी अन्दाजी ३५/३६ वर्ष उमेरको रहेको प्रहरीले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २० गते १८:२६

२० असोज, जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका–८ रामानन्द चोकमा अचेत अवस्थामा फेला परेका एक युवकको मृत्यु भएको छ ।

मंगलबार दिउँसो पौने १२ बजे उनी अचेत अवस्थामा फेला परेका थिए । उनी अन्दाजी ३५/३६ वर्ष उमेरको रहेको प्रहरीले जनाएको छ ।

अचेत भेटिएपछि प्रहरीले उनलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पठाएको थियो । चिकित्सकले जाँचपछि मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए ।

मृतकको अझै पनि पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।

उनको शव प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । घटनाबारे अनुसन्धान भइरहेको धनुषा प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?