२० असोज, काठमाडौं । सर्बियन स्टार नोभाक जोकोभिचले चाइना ओपन टेनिसको उपाधि जितेका छन् ।
मंगलबार भएको फाइनलमा अस्ट्रेलियाका एलर्क्स डे मिनोरलाई हराउँदै ३९ वर्षीय जोकोभिचले उपाधि जितेका हुन् ।
जोकोभिचले पहिलो सेट ७-६ (७-३) ले जितेका थिए । दोस्रो सेटमा डे मिनोरले १-० को अग्रता बनाएपनि त्यसपछि स्वास्थ्य समस्याका कारण खेल्न सकेनन् र जोकोभिच च्याम्पियन बने ।
जोकोभिचले सातौंपटक चाइना ओपनको उपाधि जितेका हुन् ।
सोमबार भएको सेमिफाइनलमा रुसका डानिल मेडभेडेभलाई २-० को सेटमा पराजित गर्दै ३९ वर्षीय जोकोभिच फाइनलमा पुगेका थिए ।
यो प्रतियोगिता एटीपी मास्टर्स ५०० अन्तर्गतको रहेको छ ।
पछिल्लो पटक उनले सन् २०१५ मा राफायल नाडाललाई हराउँदै उपाधि जितेका थिए ।
प्रतिक्रिया 4