+
+
Shares

कांग्रेस महामन्त्रीमा उदयशमशेर राणाको उम्मेदवारी दर्ता

नेपाली कांग्रेसको महामन्त्री पदमा उदयशमशेर राणाले उम्मेदवारी दर्ता गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २० गते १८:५१

२० असोज, काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री पदमा उदयशमशेर राणाले उम्मेदवारी दर्ता गरेका छन् । कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत मंगलबार उनले राष्ट्रियसभा गृह पुगेर खुलातर्फको महामन्त्री पदमा उम्मेदवारी दिएका हुन् ।

राणा यसअघि विशेष महाधिवेशनबाट सहमहामन्त्री चयन भएका थिए ।

महामन्त्री पदमा उम्मेदवारी दर्तापछि उनले लामो राजनीतिक यात्राबाट आर्जितअनुभवलाई पार्टीको वैचारिक स्पष्टता, लोकतान्त्रिक संस्कार र संगठनको सुदृढीकरणमा समर्पित गर्ने संकल्प लिएको बताएका छन् ।

‘यो संकल्प पूरा गर्न सम्पूर्ण महाधिवेशन प्रतिनिधिज्यूहरूको अमूल्य मत र साथको अपेक्षा गर्दछु,’ राणाले फेसबुकमा लेखेका छन् ।

कांग्रेस १५औँ महाधिवेशन विशेष
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?