+
+
Shares

गगनलाई लक्षित गर्दै किशोरसिंहले भने– ठूला कुरा गर्नुपर्दैन, पार्टी भित्तामा पुगिसक्यो

‘तपाईँ हेर्नुस् ६ महिना । धेरै टाढा जानै पर्दैन, स्थानीय चुनाव आउँदैछ, तपाईँ थाहा पाइहाल्नुहुन्छ । यहाँ हामीले धेरै ठूला कुरा गरेर, हल्ला गरेर, यो र उ भन्ने बेलै होइन के,’ नेता राठौरले भने ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २० गते २१:२६

२० असोज, काठमाडौं । नेपाली कांग्रेसको सभापतिका उम्मेदवार किशोरसिंह राठौरले अहिलेकै अवस्थामा कांग्रेसलाई उठाउन निकै गाह्रो रहेको बताएका छन् । हिमालय टीभीको यक्षप्रश्नमा पत्रकार निमेष बञ्जाडेसँग कुराकानी गर्दै राठौरले पार्टी एकताबिना कांग्रेस निकै कठिन अवस्थामा पुग्ने दाबी गरेका हुन् ।

‘यही पार्टीलाई उठाउन गाह्रो छ । यहाँ जतिसुकै हल्ला, ठूला कुरा गरेर हुँदैन । हामीलाई राष्ट्रिय स्वतन्त्र पार्टीले भित्तामा पुर्‍याइसक्यो,’ सभापति गगन थापालाई लक्षित गर्दै राठौरले भने,  ‘कम्युनिस्टहरू मिल्दैछन्, अझ भित्तामा जान्छ ।  कांग्रेस पार्टी फुट्दैछ, अझ भित्तामा जान्छ ।’

कांग्रेस कुन अवस्थामा छ भन्ने कुरा बुझ्न धेरै टाढा जानु नपर्ने पनि उनले बताए । ‘तपाईँ हेर्नुस् ६ महिना । धेरै टाढा जानै पर्दैन, स्थानीय चुनाव आउँदैछ, तपाईँ थाहा पाइहाल्नुहुन्छ । यहाँ हामीले धेरै ठूला कुरा गरेर, हल्ला गरेर, यो र उ भन्ने बेलै होइन के,’ नेता राठौरले भने ।

अहिले त्यो परिस्थिति निर्माण भइसकेको उनले दाबी गरे । ‘रास्वपाले भित्तामा पुर्‍याइसक्यो, कम्युनिस्ट मिलेर लड्दा गाह्रो होला नि त । सिंगो पार्टी लड्दा र फुटेर लड्दा गाह्रो होला नि त । जिताउन पो गाह्रो छ, बिगार्न त १०–१५ मत हरेक वडामा मान्छे उठाएर हराए सिद्धेन ?,’ उनले प्रश्न गरे ।

त्यसैले आफ्नो उम्मेदवारी पहिलो कुरा नै पार्टीलाई एकढिक्का बनाएर लैजाने उनले बताए । उनले भने, ‘पहिलो कुरा पार्टीलाई एकढिक्का बनाउँछु, दोस्रो– पार्टीमा न्याय गर्छु ।’

पार्टीमा गिरिजाप्रसाद कोइरालादेखि गगन थापाकै पालासम्म अन्याय भएको उनले दाबी गरे ।  ‘उहाँ(गगन)ले जितेका मान्छेलाई पनि टिकट दिनुभएन । के कारणले दिनुभएन ? त्यसको जस्टिफिकेसन दिनुपरेन ?,’ उनले प्रश्न गरे, ‘एउटा महिला सीता गुरुङ चुनाव जितेर आएको थियो, उसलाई टिकट दिएन । किन दिएन ? त्यसको जस्टिफिकेसन दिनुपर्दैन ?’

यस्तो धेरै उदाहरण रहेको उनले बताए ।

पूरा अन्तर्वार्ता : 

कांग्रेस १५औँ महाधिवेशन विशेष
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?