+

२०औं एसियाडमा पदक जित्ने तेन्जिङ र कबड्डी खेलाडीले कति पाउँछन् पुरस्कार ?

२०८३ असोज  २३ गते २१:४३ २०८३ असोज २३ गते २१:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मन्त्रीपरिषद् बैठकले एसियाडमा कांस्य पदक जित्ने खेलाडी र प्रशिक्षकलाई नगद पुरस्कार दिने निर्णय गरेको छ।
  • नियमावलीअनुसार व्यक्तिगततर्फ कांस्य जित्नेले १३ लाख र समूहगत टिमका प्रत्येक खेलाडीले ३ लाख ९० हजार पाउने व्यवस्था छ।
  • तर छनोट चरण पार गरेर पदक जितेकालाई मात्र नियम लागू हुने भएकाले तेन्जिङ शेर्पाले ६ लाख ५० हजार र कबड्डी खेलाडीले १ लाख ९५ हजार पाउनेछन्।
  • तेन्जिङका प्रशिक्षक कुशल श्रेष्ठले १ लाख ३० हजार र व्यवस्थापक युवराज लामाले ६५ हजार मात्र पाउनेछन्।
  • कबड्डी टिमकी मुख्य प्रशिक्षक पार्वती राईले १ लाख ३० हजार तथा सहायक प्रशिक्षक लोक बहादुर विष्ट र व्यवस्थापक शरद दर्शनाधारीले ६५ हजार पाउनेछन्।

२३ असोज, काठमाडौं । जापानको आइची-नागोयामा भएको २०औं एसियन गेम्स (एसियाड) मा नेपालका लागि कांस्य पदक जितेका कराते खेलाडी तेन्जिङ शेर्पा र महिला कबड्डी टिमका खेलाडी, प्रशिक्षक र व्यवस्थापकले खेलकुद विकास नियमावली अन्तर्गत नगद पुरस्कार प्राप्त गर्ने व्यवस्था छ ।

शुक्रबारको मन्त्रीपरिषद बैठकबाट कांस्य पदक जितेका खेलाडी र प्रशिक्षकहरुलाई नगद पुरस्कार प्रदान गर्ने निर्णय गर्‍यो । बुधबार बसेको राष्ट्रिय खेलकुद परिषद (राखेप) को कार्यकारी समितिको ७०औं बैठकले सिफारिस गरेको आधारमा सरकारले नगद पुरस्कार दिने निर्णय गरेको हो ।

तर पदक विजेता खेलाडीहरुले खेलकुद विकास नियमावलीमा उल्लेख भएको भन्दा आधा मात्र पुरस्कार पाउने भएका छन् । खेलकुद विकास नियमावलीअनुसार एसियन गेम्सको व्यक्तिगततर्फ कांस्य पदक जित्ने खेलाडीले १३ लाख रुपैयाँ पाउने उल्लेख छ । यस्तै समूहगत खेलतर्फ कांस्य पदक जित्ने टिमका हरेक खेलाडीले ३ लाख ९० हजार पुरस्कार पाउने व्यवस्था छ ।

तर यो नियम छनोट चरण पार गरेर एसियन गेम्समा पदक जितेका खेलाडीका हकमा मात्र लागु हुने कुरा पनि खेलकुद विकास नियमावलीमा उल्लेख छ ।

त्यसैले अब तेन्जिङले ६ लाख ५० हजार र कबड्डी टिमका खेलाडीले १ लाख ९५ हजार मात्र प्राप्त गर्नेछन् ।

यस्तै कराते खेलाडी तेन्जिङका प्रशिक्षक कुशल श्रेष्ठले पनि नियमावलीमा भएको भन्दा आधा १ लाख ३० हजार र व्यवस्थापक युवराज लामाले पनि आधा ६५ हजार मात्र पाउनेछन् ।

यसैगरी कबड्डी टिमकी मुख्य प्रशिक्षक पार्वती राईले पनि १ लाख ३० हजार पाउनेछिन् भने सहायक प्रशिक्षक लोक बहादुर विष्ट र व्यवसथ्पक शरद दर्शनाधारीले समान ६५ हजार पाउनेछन् ।

२०औं एसियन गेम्स तेन्जिङ शेर्पा नेपाली महिला कबड्डी टिम

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय