अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नोभेम्बरमा हुने मध्यावधि निर्वाचनअघि इरानमाथि आक्रमण नगर्ने बताएपछि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घटेको छ ।
समाचार संस्था रोयटर्सका अनुसार शुक्रबार दिउँसोसम्म कच्चा तेलको मूल्य प्रतिब्यारेल १.१० डलर अर्थात् १.१ प्रतिशतले घटेर १०३.१८ डलरमा झरेको थियो ।
त्यस्तै, अमेरिकी वेस्ट टेक्सास इन्टरमिडिएट (डब्ल्यूटीआई) कच्चा तेलको मूल्य प्रतिब्यारेल ४९ सेन्ट अर्थात् ०.५ प्रतिशतले घटेर ९१ डलर कायम भएको थियो ।
बिहीबारको कारोबारमा तेलको मूल्यमा उल्लेख्य वृद्धि भएको थियो । त्यसको भोलिपल्ट ट्रम्पको अभिव्यक्तिपछि मूल्य घटेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4