News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत सभापति पदको मतगणना राष्ट्रिय सभागृहमा सुरु भएको छ।
- गगन थापा र श्यामकृष्ण खड्गी सभापति पदका उम्मेदवार छन् र बागमती तथा सुदूरपश्चिमको मतपेटिका गन्न थालिएको छ।
- लुम्बिनी र गण्डकी प्रदेशको मतपत्र मिलाउने काम भइरहेको छ, र मतगणना सीसी क्यामेराको निगरानीमा तीन स्थानमा हुँदैछ।
२३ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत सभापति पदका लागि भएको मतदानको गणना सुरु भएको छ ।
सभापति पदका उम्मेदवारहरूको मतगणना राष्ट्रिय सभागृहमा सुरु भएको हो । कांग्रेस सभापतिमा गगन थापा र श्यामकृष्ण खड्गी उम्मेदवार छन् ।
केहीबेर अघि खुलामञ्चबाट सभापति पदको मतपेटिकाहरू सभागृहमा ल्याइएसँगै गणना सुरु गरिएको हो ।
बागमती र सुदूरपश्चिम प्रदेशको मतपेटिका गन्न सुरु गरिएको हो । लुम्बिनी र गण्डकी प्रदेशको मतपत्र मिलाउने काम भइरहेको छ ।
राति १० बजे नै मतदान सकिए पनि अविरल परेको वर्षाको कारण मतपेटिका संकलनमा ढिलाइ भएको थियो ।
मतगणनाका लागि तीन स्थानमा व्यवस्था मिलाइएको छ । मतगणना स्थलमा सीसी क्यामेरा जडान पनि गरिएको छ ।
मतगणना प्रक्रियालाई व्यवस्थित र पारदर्शी बनाउन सीसी क्यामेराको निगरानीमा गणना गर्ने व्यवस्था मिलाइएको निर्वाचन समितिले जनाएको छ ।

प्रतिक्रिया 4