+
+
Shares

बूढीगण्डकी बाढी : जोखिममा परेका ३६ जनाको उद्धार

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २५ गते १३:४३

२५ असोज, काठमाडौं । नेपाली सेनाले गोरखाको बूढीगण्डकी नदीमा आएको बाढीका कारण जोखिममा परेका ३६ जनाको उद्धार गरेको छ ।

नेपाली सेनाका अनुसार बाढी प्रभावित जगत इलाकाबाट ६ जना, न्याक्फेदीबाट ९ जना, यारुबाट १ शिशु तथा १ विदेशीसहित ९ जना र पायुबाट १२ जना गरी हालसम्म ३६ जनाको उद्धार गरिएको छ।

खोजी तथा उद्धारका लागि ४ वटा हेलिकोप्टर तथा स्थलमार्गबाट पनि नेपाली सेनाको टोली परिचालन भएको सेनाले जनाएको छ ।

सेनाका अनुसार अन्य सुरक्षा निकाय तथा सरकारवालाहरूसँगको समन्वयमा थप खोज तथा उद्धार कार्य जारी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?