News Summary
Generated by OK AI. Editorially reviewed.- गोरखाको बूढीगण्डकी नदीमा आएको बाढीले चुमनुब्री गाउँपालिकाको लोक्पास्थित सर्दिभिरको क्यान्टिलिभर पुल बगाएको छ।
- उपप्रमुख लक्ष्मी गुरुङका अनुसार पुल बगेपछि तल्लो चुम क्षेत्रमा आउजाउ ठप्प भएको छ र ६ र ७ वडाका धेरै गाउँको बाटो बन्द भएको छ।
- बेलायती सहयोगी संस्था डीएफआईडीको सहयोगमा बनेको ९० मिटर लामो यो पुल चुम्तेत र छेकम्पारका गाउँलेका लागि वर्षभरि आवतजावतको आधार थियो।
२५ असोज, काठमाडौं । गोरखाको बूढीगण्डकी नदीमा आएको बाढीका कारण चुमनुब्री गाउँपालिकाको लोक्पास्थित सर्दिभिरमा रहेको क्यान्टिलिभर पुल बगेको छ। चुमनुब्री गाउँपालिकाकी उपप्रमुख लक्ष्मी गुरुङका अनुसार आज बिहान आएको बाढीले क्यान्टिलिभर पुल बगाएसँगै तल्लो चुम क्षेत्रमा आउजाउ ठप्प भएको छ।
‘बाढीले क्यान्टिलिभर पुल बगायो। अब तल्लो चुम जाने बाटोघाटो केही छैन,’ उनले भनिन्, ‘फेरि उहिल्यैबाट पहिल्याएर काठको भर्याङ र डोरी हालेर बनाउनुपर्ने हुन्छ।६ र ७ वडाका धेरै गाउँहरू जाने-आउने बाटो ठप्प भयो।’
यो क्यान्टिलिभर पुल नेपालको दोस्रो क्यान्टिलिभर पुल हो। पहिलो पुल पनि सोही क्षेत्रको केरौँजास्थित यारुबगरमा छ। सर्दिभिरको पुल बेलायती सहयोगी संस्था डीएफआईडीको सहयोगमा निर्माण भएको थियो। भिर खोपेर बनाइने पुललाई क्यान्टिलिभर पुल भनिन्छ।
क्यान्टिलिभर निर्माण भएसँगै तिब्बतसँग सीमाना जोडिएका चुम्तेत र छेकम्पारका गाउँलेलाई बाह्रै महिना ओहोर–दोहोर गर्न सजिलो भएको थियो। क्यान्टिलिभर पुल नहुँदा गाउँले भीरमा डोरीमा झुन्डेर आवत–जावत गर्न बाध्य थिए। पुल ९० मिटर लामो थियो।
प्रतिक्रिया 4