२६ असोज, बागलुङ । मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्वत र बागलुङ खण्डलाई जोड्ने मालढुंगा पुल आजदेखि सञ्चालनमा आएको छ ।
यही असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले पुलको पहुँचमार्गमा क्षति पुर्याएपछि आवागमन प्रभावित भएको थियो ।
क्षतिग्रस्त पहुँचमार्गमा ग्याबियन जाली लगाउने र माटो भर्ने काम सम्पन्न गरी आज बिहानदेखि पुल सञ्चालनमा ल्याइएको हो ।
मालढुंगा पुल मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङ र पर्वतलाई जोड्ने कालीगण्डकी नदीमाथिको मोटरेबल पुल हो । पुल सञ्चालनमा आएसँगै उक्त खण्डमा रोकिएको सवारी आवागमन गन्तव्यमा जाने क्रम जारी छ ।
मालढुंगा पुलको पर्वत तर्फको भागमा कालीगण्डकी नदीले कटान गर्दा चाडबाडको मुखमा नागरिकले ठूलो समस्या बेहोरेका थिए ।
मालढुंगा पुलबाट आवागमन रोकिँदा वैकल्पिक रूपमा एसियाकै लामो दाबी गरिएको गण्डकी गोल्डेन झोलुंगे पुल (बागलुङ–पर्वत) तथा कुश्माका अन्य झोलुंगे पुलहरूबाट पैदल नदी तरेर पर्वततर्फ पुगी त्यहाँबाट अन्य गाडी समातेर गन्तव्यमा जानुपर्ने बाध्यता थियो ।
प्रतिक्रिया 4