+
+
Shares

भारतका लागि प्रस्तावित राजदूतलाई एमालेको प्रश्न– कालापानीबारे के गर्नुहुन्छ ?

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २६ गते १३:५१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले भारतका लागि प्रस्तावित राजदूत डा. निश्चलनाथ पाण्डेलाई कालापानी, लिपुलेक र लिम्पियाधुराबारे संसदीय सुनुवाइमा प्रश्न गरिन् ।
  • अर्यालले ती क्षेत्र नेपालको भूमि भएको भन्दै त्यहाँ के गर्नुहुन्छ ? भनेर सोधिन् र राष्ट्रहितमा के गर्ने योजना छ ? पनि जिज्ञासा राखिन् ।
  • उनले व्यापार घाटा कम गर्ने र नेपाली उत्पादनका लागि भारतीय बजारको सम्भावना तथा अवरोध हटाउने गरी काम गर्न सुझाव दिइन् ।

२६ असोज, काठमाडौं । नेकपा एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले भारतका लागि प्रस्तावित राजदूत डा. निश्चलनाथ पाण्डेलाई कालापानीबारे प्रश्न राखेकी छिन् ।

संसदीय सुनुवाइ समितिमा आज प्रस्तावित राजदूत डा. पाण्डेमाथि सुनुवाइ चलिरहेको छ ।

सो क्रममा अर्यालले प्रश्न गरिन्, ‘कालापानी, लिपुलेक, लिम्पियाधुराको विषय छ । त्यो हाम्रो भूमी हो, तथ्य यही हो । यसमा के गर्नुहुन्छ ?’

साथै, उनले नेपालको राष्ट्र हितमा के गर्ने योजना छ ? भनेर पनि सोधिन् ।

विगतका राजदूत भन्दा नयाँपन देखिने र परिणाम देखिने गरी काम गर्न सुझाइन् ।

व्यापार घाटा कम गर्ने, नेपाली उत्पादनको भारतीय बजारको सम्भावना र अवरोध हटाउने गरी काम गर्न पनि सुझाव दिएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?