News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसले भारतका लागि प्रस्तावित राजदूत डा. निश्चलनाथ पाण्डेसँग प्रधानमन्त्री बालेन शाहको सीमा विवादसम्बन्धी विवादित अभिव्यक्तिबारे धारणा मागेको छ।
- संसदीय सुनुवाइमा सांसद आनन्दप्रसाद ढुंगानाले प्रधानमन्त्रीले नेपालले पनि भारतको भूमि मिचेको भन्नुभएको भन्दै सुस्ता विवाद र बाँध रोकिएको प्रसंग उठाउनुभयो।
- प्रधानमन्त्री शाहले १७ जेठ २०८३ मा संसद्मा सीमा समस्या कूटनीतिक छलफलबाट समाधान गर्ने बताउँदै नेपालले पनि भारतको जग्गा मिचेको उल्लेख गर्नुभएको थियो।
२६ असोज, काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहको सीमा विवादबारे विवादित अभिव्यक्तिबारे भारतका लागि प्रस्तावित राजदूतको धारणा माग गरेको छ ।
भारतका लागि प्रस्तावित राजदूत डा. निश्चलनाथ पाण्डेको आज संसदीय सुनुवाइ भएको थियो ।
सो क्रममा कांग्रेस सांसद आनन्दप्रसाद ढुंगानाले प्रश्न गरेका छन्, ‘प्रधानमन्त्रीले नै नेपालले पनि भारतको भूमि मिचेको छ भन्नुभयो । त्यसपछि सुस्तामा नेपाली पक्षले बनाउँदै गरेको बाँध भारतीय पक्षले रोकिदियो ।’
हाम्रो सुस्ता फिर्ता गर भनेर सानोबेलादेखि नारा लगाएको स्मरण उनले गरे । ‘तर अझै फिर्ता भएको छैन,’ ढुंगानाले भने।
१७ जेठ २०८३ मा प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री बालेन शाहले नेपाल भारतको सीमा कूटनीतिक छलफलबाट समाधान गर्ने बताएका थिए ।
प्रतिनिधिसभामा सांसदहरूको जवाफ दिने क्रममा उनले यो विषय समाधानका लागि कोसिस भइरहेको उल्लेख गरेका थिए ।
त्यही क्रममा उनले प्रधानमन्त्री भएपछि थाहा पाएको भन्दै भारतले मात्र नभएर नेपालले पनि भारतको जग्गा मिचेको रहेछ भनेका थिए ।
प्रधानमन्त्रीको यस्तो अभिव्यक्तिबारे संसद्मा समेत प्रश्न उठेको थियो । तर प्रधानमन्त्रीले आफैं भने संसद्लाई कुनै जवाफ दिएका थिएनन् ।
प्रतिक्रिया 4