News Summary
Generated by OK AI. Editorially reviewed.- मात्रिका टेक्नोलोजिजले नेपाली सुनचाँदी तथा गहना व्यवसायका लागि जेजे लाइट सार्वजनिक गरेको छ।
- कम्पनीले कारोबार, लेखा व्यवस्थापन, कालिगढको हिसाब र ग्राहक सेवासम्मका काम एउटै प्रणालीबाट व्यवस्थापन हुने जनाएको छ।
- जेजे लाइटमा बिक्री, खरिद, स्टक, कागजात र एनएफआरएसमा आधारित लेखा व्यवस्थापनका सुविधा छन्।
३० असोज, काठमाडौं । आईटी कम्पनी मात्रिका टेक्नोलोजिजले गहनाका ग्राहक र व्यवासायीलाई प्लेटफर्म जेजे लाइट सार्वजनिक गरेको छ । नेपाली सुनचाँदी तथा गहना व्यवसायलाई आधुनिक प्रविधिसँग जोड्दै कारोबार, लेखा व्यवस्थापन, कालिगढको हिसाब र ग्राहक सेवासम्मका कामलाई एउटै प्रणालीबाट व्यवस्थित गर्ने उद्देश्यले जेजे लाइट सार्वजनिक गरेको जनाएको छ ।
गहना व्यवसाय विस्तार हुँदै जाँदा बिक्री तथा खरिदको विवरण, स्टक, कालिगढको हिसाब, लेखा व्यवस्थापन, ग्राहक सम्बन्ध र व्यावसायिक कागजातलाई व्यवस्थित राख्न सजिलो हुने गरी जेजे लाइट बनाइएको कम्पनीले जनाएको छ ।
जेजे लाइटमा बिक्री तथा बिलिङ, खरिद व्यवस्थापन, स्टक विवरण, कालिगढ व्यवस्थापन, ग्राहक सम्बन्ध व्यवस्थापन, कागजात व्यवस्थापन र एनएफआरएसमा आधारित लेखा व्यवस्थापन जस्ता सुविधाहरू छन्।
यसमार्फत ग्राहकले नियमित रूपमा रकम जम्मा गर्दै सुनचाँदी बचत गर्ने अवसर पनि पाउने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया 4