२ कात्तिक, काठमाडौं । गोरखाको आरुघाटस्थित बूढीगण्डकी नदीमा बेलीब्रिज निर्माण गरी सञ्चालनमा ल्याइएको छ।
नेपाली सेनाले सोमबार नै पुल निर्माण सम्पन्न गरी सडक विभागलाई हस्तान्तरण गरेको छ । नेपाली सेना र सडक विभागको सहकार्यमा पुल निर्माण भएपछि बाढीका कारण प्रभावित बनेको आवतजावत सहज भएको छ।
२७.४३ मिटर लम्बाइको उक्त बेलीब्रिजको अधिकतम भारवहन क्षमता २५ टन रहेको छ। हाल पुलबाट पैदलयात्री र मोटरसाइकललाई आवतजावत गर्न खुला गरिएको छ। ठूला सवारीसाधन भने सञ्चालनमा आइसकेका छैनन्।
बूढीगण्डकी नदीमा आएको बाढीले यसअघि रहेको पुल बगाएपछि स्थानीयवासीलाई आवतजावतमा समस्या हुँदै आएको थियो। बेलीब्रिज निर्माण भएसँगै नदी वारपार गर्न सहज भएको छ।
बूढीगण्डकी नदीमा गत असोज २५ गते बिहानपख आकस्मिक बाढी आएको थियो । सोही बाढीले आरुघाटको पक्की पुल बगाएको थियो । पुल बगाएको ९ दिनमै सम्पन्न भएको हो ।
असोज ३१ गतेदेखि सुरु भएको निर्माण कार्य आज सम्पन्न भएको हो ।
प्रतिक्रिया 4