२ कात्तिक, सुनसरी । नेपाली प्रतिभा प्रतिष्ठान बेलायतको छैठौं अधिवेशनले देवेन्द्र खेरेसलाई अध्यक्षमा सर्बसम्मतले चयन गरेको छ ।
सोमबार सम्पन्न प्रतिष्ठानको अधिवेशनले खेरेसलाई चयन गरेको हो । प्रतिष्ठानको कार्यसमितिमा उपाध्यक्ष मिजास तेम्बे, महासचिवमा महासचिवमा चोक गुरूङ सचिवमा अञ्जु अन्जली र कोषाध्यक्षमा निर्मला परिवेश राईलाई चयन गरेको छ । निवर्तमान अध्यक्ष टंक वनेमले नवनिर्वाचित कार्यसमितिलाई कायकाल सफलताको कामना गर्दै जिम्मेवारी हस्तान्तण गरेका थिए ।
विभिन्न श्रष्टाहरुको पुस्तक प्रकाशन गर्न सहयोग गर्दै आएको प्रतिष्ठानले नेपालमा प्रत्येक बर्ष एक जना अग्रज साहित्यकार, कलाकार, कवि, लेखकलाई नगदसहित प्रतिभा सम्मान र एकजना युवालाई नगद १ लाख सहित प्रतिभा पुरस्कार प्रदान गर्दै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4