News Summary
Generated by OK AI. Editorially reviewed.- जापानमा जारी पाँचौं एसियाली पारा खेलकुदको तेक्वान्दोमा नेपालकी रेनु तामाङ कांस्य पदक भिडन्तमा चीनकी बो यानसँग पराजित भएकी छिन्।
- नागोया सिटी मिजुहो पार्क जिम्नाजियममा महिला के–४४ क्याटगोरीको ४७ केजीमुनि रेनुले पहिलो खेलमा थाइल्यान्डकी ख्वानसुन्डासँग हार बेहोरेकी थिइन्।
- ख्वानसुन्डा फाइनलमा पुगेपछि रेनुले रिपेचेज पाउँदै दक्षिण कोरियाकी इओजिनलाई हराएर कांस्य पदक भिडन्तमा प्रवेश गरेकी थिइन्।
२ कात्तिक, काठमाडौं । जापानमा जारी पाँचौं एसियाली पारा खेलकुदको तेक्वान्दोमा नेपालकी रेनु तामाङ कांस्य पदक भिडन्तमा सोमबार पराजित भएकी छिन् ।
नागोया सिटी मिजुहो पार्क जिम्नाजियममा महिला के–४४ क्याटगोरीको ४७ केजीमुनि रेनु चीनको बो यानसंग पराजित भइन् ।
पहिलो खेलमा रेनु थाइल्यान्डकी ख्वानसुन्डासँग पराजित भएकी थिइन् । ख्वानसुन्डा फाइनलमा प्रवेश गरेपछि रेनुले रिपेचेजको अवसर पाएकी थिइन् ।
रिपेचजको पहिलो खेलमा रेनुले दक्षिण कोरियाकी इओजिनलाई हराउदै कांस्य पदक भिडन्तमा प्रवेश गरेकी थिइन् ।
प्रतिक्रिया 4