+
+
Shares

अस्ट्रेलियाली सांसद झी सुनले लगाए टीका र जमरा

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक ५ गते १३:१९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अस्ट्रेलियाको प्रतिनिधिसभा सदस्य झी सुनले सिड्नीको रिभरवुडस्थित गृह आश्रममा विजया दशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरेका छन् ।
  • अस्ट्रेलिया–नेपाल संसदीय मैत्री समूहका अध्यक्ष झी सुनले नेपाली समुदायसँग दशैं मनाउँदै नेपाली संस्कृति र परम्पराप्रति सम्मान प्रकट गरेका हुन् ।
  • योगी आचार्य राजन शर्माले सांसद सुनको सहभागिताले बहुसांस्कृतिक अस्ट्रेलियामा समुदायबीचको सद्भाव र सम्बन्ध बलियो भएको बताए ।

५ कात्तिक, सिड्नी । अस्ट्रेलियाको प्रतिनिधिसभा सदस्य झी सुनले सिड्नीको रिभरवुडस्थित गृह आश्रममा पुगेर विजया दशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरेका छन् ।

अस्ट्रेलिया–नेपाल संसदीय मैत्री समूहका अध्यक्ष समेत रहेका सांसद झी सुनले नेपाली संस्कृति र परम्पराप्रति सम्मान प्रकट गर्दै नेपाली समुदायसँग हर्षोल्लासका साथ दशैं पर्व मनाएका हुन् ।

आश्रमका योगी आचार्य राजन शर्माले अस्ट्रेलियाली राजनीतिक नेतृत्वले नेपाली समुदायका गतिविधि र सामाजिक योगदानलाई नजिकबाट नियालिरहेको बताएका छन् ।

सांसद सुनको यो सहभागिताले बहुसांस्कृतिक अस्ट्रेलियामा समुदायबीचको आपसी सद्भाव र सम्बन्धलाई थप बलियो बनाएको उनले बताए ।

यस अवसरमा नेपाली पेन्सनर्स कम्युनिटीका अध्यक्ष लक्ष्मण श्रेष्ठलगायत सम्पूर्ण पेन्सनर्स समुदायको उपस्थिति रहेको थियो ।

चाडपर्वले फरक संस्कृति र पृष्ठभूमिका मानिसलाई एकअर्कासँग नजिक ल्याउने विश्वास व्यक्त गर्दै गृह आश्रमले सहभागिताबारे आभार प्रकट गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?