News Summary
Generated by OK AI. Editorially reviewed.- रास्वपा सभापति रवि लामिछाने पत्नी निकिता लामिछानेसहित शुक्रबार गड्डाचौकी नाका हुँदै भारत प्रवेश गरेका छन् ।
- लामिछाने तीन दिने भारत भ्रमणका क्रममा उत्तराखण्डको नैनीतालस्थित कैँची धाम र आसामको गुवाहाटीस्थित कामाख्या मन्दिर पुगेर पूजाआजा गर्ने कार्यक्रम रहेको छ ।
६ कात्तिक, कञ्चनपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने तीन दिने भारत भ्रमणका लागि शुक्रबार पश्चिमी सीमानाका गड्डाचौकी हुँदै भारत प्रवेश गरेका छन् ।
पत्नी निकिता लामिछानेसहित भारत भ्रमणमा निस्किएका लामिछाने शुक्रबार बिहान काठमाडौंबाट हवाईमार्ग हुँदै धनगढी पुगेका थिए ।
धनगढी विमानस्थलबाट उनी कञ्चनपुर हुँदै सडकमार्गबाट गड्डाचौकी नाका पुगेका थिए । त्यहाँबाट उनी भारततर्फ लागेका हुन् ।
भ्रमणका क्रममा लामिछाने परिवारसहित भारतको उत्तराखण्डस्थित नैनीतालमा रहेको कैँची धाम र आसामको गुवाहाटीस्थित कामाख्या मन्दिर पुगेर पूजाआजा गर्ने कार्यक्रम रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4