News Summary
Generated by OK AI. Editorially reviewed.- टाइप २ मधुमेह खानपान र जीवनशैली परिवर्तन गरेर फर्काउन सकिने लेखमा भनिएको छ।
हामीले दैनिक जीवनमा अपनाउने खानपान जीवनशैली परिवर्तन गरेर, टाइप २ मधुमेहलाई मधुमेह नभएको अवस्थामा फर्काउन सकिन्छ होला त ?
सकिन्छ ! तर यसका लागि कुनै चमत्कारिक औषधि तथा खानेकुरा भने छैन । स्वस्थ र पोषण युक्त खानपान अनि केही दैनिक जीवनशैलीमा निरन्तरता नै मुख्य कुरा हो ।
धेरै मानिसहरूका लागि, टाइप २ मधुमेह देखिनु भनेको जीवनभर औषधि सेवन गर्ने, रगतमा चिनीको मात्रा जाँच गरिरहने र चिनी तथा गुलियो खानपानमा बन्देज लगाउने अवस्थाको सुरुवात भन्ने लाग्छ । तर, यससम्बन्धी गरिएका धेरै अध्ययनहरूका नतिजाले अर्कै सन्देश दिन्छन्: टाइप २ मधुमेह निको नहुने अवस्था होइन, यसलाई समान्य अवस्थामा फर्काउन सकिन्छ ।
मोटोपना भएका व्यक्तिहरूका लागि भने, स्वस्थ खाना र नियमित शारीरिक गतिविधि तथा व्यायाम गरेर बिस्तारै तौल घटाउनाले मधुमेहबाट छुटकारा पाउन सकिन्छ । अमेरिकी मधुमेह संघको २०२६ को हेरचाह मापदण्डअनुसार शरीरको तौलको ५ देखि ७ प्रतिशत घटाउँदा पनि रगतमा चिनीको मात्रालाई नियन्त्रणमा ल्याउन सकिन्छ । १० प्रतिशत भन्दाबढी तौल घटाउँदा भने स्वास्थ्यको दृस्टिकोणले ठूला फाइदा मिल्ने र केही व्यक्तिहरूले मधुमेहबाट छुटकारा समेत पाउन सक्छन् ।
यद्यपि, एक पटक तौल घटाउनु दिर्घकालीन समाधान होइन । यदि कुनै व्यक्तिको पुन: तौल बढेमा मधुमेह फेरि फिर्ता आउन सक्छ ।
एक एउटा उदाहरण
माया नामकी एक ४८ वर्षीया महिला पात्रको उदाहरणलाई विचार गर्नुहोस् ।
वर्षौँसम्म मायाको दिनको सुरुवात चिया र बिस्कुटबाट हुन्थ्यो । उनको दिउँसो र बेलुकाको खानामा भात मुख्य हुन्थ्यो, जबकि तरकारी, हरियो सागपात, दाल र प्रोटिनयुक्त खानेकुरा उनको थालमा निकै कम मात्रामा हुन्थे ।
व्यस्त दिनहरूमा उनी प्रायः तारेका परिकार, मिठाई र प्याकेटमा पाइने खानेकुराहरू खान्थिन् । उनले व्यायामका लागि विरलै मात्र समय निकाल्थिन् । बिस्तारै उनको शरीरको तौल बढ्यो ।
नियमित स्वास्थ्य जाँच गर्ने क्रममा उनलाई ‘टाइप २ मधुमेह’ भएको पत्ता लाग्यो ।
सुरुमा मायालाई मधुमेह भन्नाले हरेक दिन एउटा चक्की खानु र चिनी तथा गुलियो खानेकुराहरू नखानु मात्र हो भन्ने लाग्थ्यो । तर स्वास्थ्यकर्मीसँग कुरा गरेपछि उनले आफ्ना दैनिक बानीहरू पनि उत्तिकै महत्त्वपूर्ण हुन्छन् भन्ने बुझिन् ।
उनले भात खान पूर्ण रूपमा छोडिनन्, बरू यसको मात्रा घटाइन् । उनले आफ्नो खानामा हरियो साग, तरकारी र दालको मात्रा बढाइन् तथा प्रोटिनका अन्य स्वस्थ स्रोतहरू समावेश गरिन् । उनले चिनीयुक्त पेय पदार्थ नियमित रूपमा पिउन छोडिन् । मिठाई, तारेका खानेकुरा तथा अत्यधिक प्रशोधन गरिएका खाजाको सेवन कम गरिन् । त्यसपछि उनले दैनिक हिँड्न सुरु गरिन् ।
सुरुमा, उनले दैनिक १५ वा २० मिनेट मात्रै हिड्न थालिन, बिस्तारै अझ सक्रिय भइन् त्यसपछि कम्तीमा एक घण्टा हिड्ने बानी बनाइन र खानपान सम्बन्धी नयाँ बानीलाई आफ्नो दैनिक जीवनशैलीको हिस्सा बनाइन् ।
त्यसपछिका महिनाहरूमा उनको तौल घट्यो, रगतमा चिनीको मात्रामा सुधार आयो । स्वास्थ्यकर्मीले उनको अवस्थाको निरन्तर निगरानी गरे र आवश्यकता अनुसार औषधिमा समायोजन गरे ।
यहाँ मायाको कथा काल्पनिक भए पनि यसमा निहित सिद्धान्त भने वास्तविक हो: हामी दैनिक रूपमा शारीरिक रुपले कत्तिको सक्रिय छौँ र कस्तो खानेकुरा खान्छौ भन्ने कुराले हाम्रो मेटाबोलिक स्वास्थ्यमा गहिरो प्रभाव पार्न सक्छ ।
चिनी नखाँदैमा मधुमेह सुधार हुँदैन
आम मानिसहरुको बुझाइमा मधुमेह सुधार गर्ने भनेको केवल चिनी खान बन्द गर्ने मात्र हो भन्ने सोचाइ छ । तर, वास्तविकता यो भन्दा अझ फरक अनि जटिल छ। टाइप २ मधुमेह भएका मानिसको इन्सुलिन प्रतिरोध गर्ने क्षमता, शरीरमा भएको अतिरिक्त बोसोको मात्रा र रगतमा ग्लुकोज नियन्त्रण गर्ने शरीरको क्षमता कम हुन्छ । त्यसैले, शरीरको तौल घटाउनाले इन्सुलिन संवेदनशीलता र रगतमा ग्लुकोजको नियमनमा सुधार गर्न सक्छ ।
अमेरिकी राष्ट्रिय मधुमेह तथा पाचन तथा मिर्गौला रोग संस्थानले गरेको अनुसन्धानअनुसार अनावश्यक क्यालोरी भएका खानेकुराहरूको उपभोग बन्द गर्दै सामान्य जीवनशैली परिवर्तन गरी शरीरको तौल घटाउनुपर्छ । यसो गर्दा टाइप २ मधुमेह भएका केही व्यक्तिहरूले यसलाई जित्दै पुन मधुमेह नभएको अवस्थामा आफ्नो स्वास्थ्यलाई फर्काउन सक्छन् ।
हामीले दैनिक खाने खानेकुरामा खाली कार्बोहाइड्रेटको मात्रा धेरै बनाउनु हुँदैन । हरियो सागपात, मौसमी फलफूल, तरकारी, दाल तथा गेडागुडी, बोक्रासहितका अन्नहरु जस्तै जौउ, कोदो, फापर बदाम, फर्सी, सूर्यमुखीको बियाँ जस्ता पोषण युक्त खानेकुराहरूको प्रयोग दैनिक खानामा समावेश गर्नुपर्छ । त्यस संगसंगै चिनीयुक्त पेय पदार्थहरू, मिठाई र अत्यधिक प्रशोधित खानेकुराहरुको उपभोग कम गर्न सकिन्छ ।
त्यसैले अब ‘के म कहिल्यै भात अर्थात कार्बोहाईड्रेड भएका खाना खान सक्छु ?’ भन्ने प्रश्न होइन । बर”, ‘मैले कति मात्रामा र कति पटक भात लगायत चिनी र गुलियो खानेकुराहरू दैनिक खाइरहेको छु, अनि मेरो थालमा भात संगै, गुलियो खानेकुरा लगायत अरू के-के पोषण युक्त खानेकुराहरु समावेश छन् ?’ भनेर सोच्नु उपयुक्त हुन्छ । अनि, मैले दैनिक शारीरिक व्यायाम गरिरहेको छु कि छैन भनेर पनि सोच्नुपर्छ ।
सायद सबैभन्दा कठिन पक्ष भनेको के खाने के नखाने भन्ने कुरा थाहा नपाउनु होइन । गुलियो पेय पदार्थ भन्दा तरकारी, फलफूल र घरमा नै तयार पारिएको खानेकुरा स्वस्थ हो र स्वास्थ्यका लागि नियमित व्यायाम आवश्यक पर्छ भन्ने कुरा धेरैलाई थाहा छ । तर त्यसलाई पालना नगर्नु र पालना गरेपनि निरन्तरता नदिनु मुख्य समस्या हो ।
स्वस्थ जीवनशैली भन्नाले महँगो ‘मधुमेह-मैत्री’ खानेकुरा खानु वा जटिल आहार-नियम पालना गर्नैपर्छ भन्ने छैन । यसको अर्थ घरमै खाना पकाउनु, उचित मात्रामा खानु, बजार गएर खानेकुरा किन्दा कम प्रशोधन गरिएका खानेकुराहरुको छनोट गर्नु, धेरै पानी पिउनु र शारीरिक गतिविधिलाई दैनिक दिनचर्याको हिस्सा बनाउनु पनि हुन सक्छ ।
प्रतिक्रिया 4