+
+
Shares

भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट दुर्घटना, ३ जनाको मृ*त्यु

जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख नारायण रञ्जितकारका अनुसार दुर्घटनामा परी एक बालिका, एक महिला र एक पुरुषको मृ*त्यु भएको हो । मृतकको पहिचान खुलेको छैन ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक ८ गते १६:१४
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सप्तकोशी नदीमा भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट दुर्घटना हुँदा एक बालिका, एक महिला र एक पुरुषको मृत्यु भएको छ।
  • दुर्घटनामा एक जना घाइते भएका छन् भने ५ जना सकुशल घर फर्किसकेका छन्।
  • धनकुटा प्रहरीका अनुसार अरुण दुधकोसीको त्रिवेणी क्षेत्र नजिकै इन्जिन फेल भएर जेटबोट बग्ने क्रममा दुर्घटना भएको हो।

८ कात्तिक, विराटनगर । सप्तकोशी नदीमा भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट दुर्घटना हुँदा तीन जनाको मृ*त्यु भएको छ। एक जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख नारायण रञ्जितकारका अनुसार दुर्घटनामा परी एक बालिका, एक महिला र एक पुरुषको मृत्यु भएको हो । मृतकको पहिचान खुलेको छैन ।

उनकाअनुसार अरुण दुधकोसीको त्रिवेणी क्षेत्र नजिकै बोटको इञ्जिन फेल भएको थियो ।

इन्जिन फेल भएर बग्ने क्रममा दुर्घटना भएको थियो । दुर्घटना भएको डुङ्गामा १६ जना सवार रहेको बताइएको छ । तर, १२ जनाले टिकट काटेको खुलेको छ ।

प्रहरीका अनुसार ५ जना सकुशल घर फर्किसकेका छन् । १ जना घाइतेको चतरा अस्पतालमा उपचार भइरहेको छ ।

डुङ्गा चालक सुनसरी प्रहरीको नियन्त्रणमा रहेका छन् । मृतकको पहिचानको प्रयास भइरहेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको उनले बताए ।

गत असारदेखि रोकिएको  जेटबोट कात्तिक १ गतेबाट सुरु भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?