+
+
Shares

अमेरिकालाई इरानको चेतावनी: कुनै पनि आक्रमणको कसैले कल्पनै गर्न नसक्ने जवाफ दिनेछौं

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक ८ गते १७:३६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इरानी संसद्का सभामुख मोहम्मद बाकर गालिबाफले इरानमाथि पुनः सैन्य आक्रमण भए कल्पनासमेत गर्न नसकिने जवाफ दिने चेतावनी दिएका छन्।
  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सम्झौता हुन सक्छ वा काम पूरा गर्नुपर्ने हुन सक्ने बताएका छन्।
  • गालिबाफले आइतबार संसद्को कारबाही सुरु हुनुअघि घुसपैठ प्रतिकारसम्बन्धी विधेयकमाथि छलफल जारी रहेको बताए।

८ कात्तिक, काठमाडौं । इरानी संसद्का सभामुख मोहम्मद बाकर गालिबाफले इरानमाथि पुनः सैन्य आक्रमण हुन सक्ने आशङ्कालाई लिएर अमेरिकी वरिष्ठ अधिकारीहरूले दिएको धम्कीप्रति प्रतिक्रिया जनाएका छन्।

उनले भने, ‘इरानको क्षेत्रीय अखण्डताविरुद्ध हुने कुनै पनि प्रकारको दुस्साहसको यस्तो जवाफ दिइनेछ, जसको कल्पनासमेत गर्न सकिँदैन।’

आइतबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि भनेका थिए, ‘सायद मैले काम पूरा गर्नुपर्ने हुन सक्छ, वा सायद उनीहरूले कुनै सम्झौता गर्नेछन्।’

यद्यपि, ट्रम्पले ‘काम पूरा गर्ने’ भन्नाले इरानमाथि फेरि आक्रमण गर्ने भन्ने हो वा होइन भन्ने कुरा भने स्पष्ट पारेनन्।

इरानी संसद्का सभामुख तथा मुख्य वार्ताकार गालिबाफले आइतबार संसद्को कारबाही सुरु हुनुअघि दिएको आफ्नो भाषणमा यस्तो बताएका हुन्।

यस सत्रमा सांसदहरूले घुसपैठको प्रतिकार गर्ने विषयसँग सम्बन्धित विधेयकमाथि छलफल जारी राखेका छन्।

आइतबार संसद्का करिब दुई-तिहाइ सदस्य फरक-फरक माध्यमबाट सत्रमा सहभागी भएका थिए। केही सांसद संसद् भवनमै उपस्थित थिए भने केहीले अनलाइनमार्फत सहभागिता जनाएका थिए।

आइतबार सभामुख गालिबाफ पनि सत्रमा सहभागी हुन संसद् भवन पुगेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?