+
+
Shares

एनपीएल तेस्रो सिजनको रौनक, यस्तो देखियो पूर्वसन्ध्यामा मैदान (तस्बिरहरू)

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुने यो संस्करणमा आठ वटा टोलीको सहभागिता रहनेछ ।

कमल प्रसाईं विकास श्रेष्ठ कमल प्रसाईं, विकास श्रेष्ठ
२०८३ कात्तिक ८ गते २१:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल प्रिमियर लिगको तेस्रो संस्करण सोमबारदेखि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आठ टोलीको सहभागितामा सुरु हुँदैछ।
  • क्यानले प्रतियोगिताको तयारी लगभग अन्तिम चरणमा पुगेको र उपाधि विजेताले एक करोड ५० लाख पाउने जानकारी दिएको छ।
  • यसपटक विजेता टोलीको पुरस्कार राशि अघिल्लो संस्करणको तुलनामा ४० लाखले बढाइएको क्यानले जनाएको छ।

८ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल(को तेस्रो संस्करण सोमबारदेखि सुरु हुँदैछ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुने यो संस्करणमा आठ वटा टोलीको सहभागिता रहनेछ । कीर्तिपुरस्थित मैदानमा लगभग अन्तिम तयारी सकिएको क्यानले जनाएको छ ।

यसपटक विजेताको पुरस्कार राशि बढाइएको छ । योसँगै प्रतियोगिताको प्रतिस्पर्धात्मक आकर्षण र व्यावसायिक महत्त्व थप बढ्ने क्यानको अपेक्षा छ ।

नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणको उपाधि जित्ने टोलीले एक करोड ५० लाख प्राप्त गर्ने भएको छ ।

अघिल्लो संस्करणको तुलनामा यसपटक विजेता टोलीको पुरस्कार राशि  ४० लाखले बढाइएको नेपाल क्रिकेट सङ्घ (क्यान) ले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।

थप तस्वीरहरू–

लेखक
कमल प्रसाईं

प्रसाईं  अनलाइनखबरका फोटोपत्रकार हुन् ।

विकास श्रेष्ठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?