+

पब्जी मोबाइल ग्लोबल ओपनमा होरा ईस्पोर्ट्स चौथो, वुल्भ्सले जित्यो उपाधि

२०८३ कात्तिक  ८ गते २२:२३ २०८३ कात्तिक ८ गते २२:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पाकिस्तानमा सम्पन्न पब्जी मोबाइल ग्लोबल ओपनको उपाधि अमेरिकाको वुल्भ्स ईस्पोर्ट्सले जितेको छ ।
  • नेपालको होरा ईस्पोर्ट्स चौथो भयो, जबकि टीटूके सर्भाइभल स्टेजबाट बाहिरिएको छ ।
  • होराले पहिलो दिन ५७ अंक जोडेर म्याच पोइन्ट ६७ कटाए पनि अन्तिमसम्म चिकेन डिनर जित्न सकेन ।

७ कात्तिक, काठमाडौं । पाकिस्तानमा सम्पन्न पब्जी मोबाइल ग्लोबल ओपन (पीएमजीओ) को उपाधि अमेरिकाको वुल्भ्स ईस्पोर्ट्सले जितेको छ । नेपालको होरा ईस्पोर्ट्स भने चौथो भयो ।

फाइनलको पहिलो दिन शनिबार शीर्षस्थानमा रहेको होराले आइतबार केही खेलमा उत्कृष्ट प्रदर्शन गरेपनि उपाधि भने जित्न सकेन ।

फाइनलको पहिलो दिन होरा ईस्पोर्ट्सले ६ खेलमा एक चिकेन डिनरसहित ५७ अंक जोडेको थियो। त्यसपछि म्याच पोइन्ट ६७ तय भएको थियो ।

६७ अंक कटाउने टिमले त्यसपछिका जुनसुकै खेलमा चिकेन डिनर जितेमा उपाधि पक्का हुने प्रावधान थियो । होराले ६७ अंक कटाएपनि चिकेन डिनर भने जित्न सकेन ।

प्रतियोगिताको उपाधि विजेता टुङ्गो लाग्न भने १२औं खेलसम्म कुर्नुपरेको थियो । १२औं खेलमा पुग्दासम्म होरासहित १० टोलीले ६७ अंकको थ्रेसहोल्ड कटाएर उपाधि जित्न योग्य भएका थिए ।

१२औं खेलमा पुगेर वुल्भ्स ईस्पोर्ट्सले चिकेन डिनर जित्दै उपाधि जित्न सफल भयो । वुल्भसले ११औं खेलमा मात्र म्याच पोइन्ट कटाएर उपाधिका लागि योग्य भएको थियो ।

त्यसबीचमा पुछारमा रहेको आईएनएफले भने लगातार दुई चिकेन डिनर जित्दै उपाधि सम्भावना बलियो बनाएको थियो । १२औं खेलमा पनि चिकेन डिनरको नजिक पुगेको आईएनएफले चिकेन जित्न सकेन ।

होरा पनि ११औं खेलमा चिकेन डिनरको नजिक पुग्दा आईएनएफबाटै इलिमिनेट भएको थियो ।

नेपालको अर्को टोली टीटूके भने सर्भाइभल स्टेजबाट बाहिरिएको थियो ।

पब्जी मोबाइल ग्लोबल ओपन पीएमजीओ होरा ईस्पोर्ट्स

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय