News Summary
Generated by OK AI. Editorially reviewed.- गगन थापाले आजदेखि सुरु हुने नेपाल प्रिमियर लिगको तेस्रो संस्करणको सफलताका लागि खेलाडी, टोली, नेपाल क्रिकेट संघ र क्रिकेटप्रेमीलाई शुभकामना दिएका छन्।
- उनले नेपाली क्रिकेट आजको अवस्थामा आइपुग्न वर्षौंको संघर्ष, मेहनत र समर्पण जोडिएको भन्दै सामाजिक सञ्जालमार्फत स्मरण गरेका छन्।
- थापाले सीमित स्रोतसाधन र कठिनाइबीच नेपाली क्रिकेटलाई यहाँसम्म पुर्याउने खेलाडी, प्रशिक्षक र क्रिकेटप्रेमीलाई सम्झिएका छन्।
९ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आजदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल)को सफलताको शुभकामना व्यक्त गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत थापाले नेपाली क्रिकेट आजको अवस्थामा आइपुग्नुमा वर्षौंको संघर्ष, मेहनत र समर्पण जोडिएको स्मरण गरेका हुन्।
‘आजदेखि सुरु हुँदै गरेको नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको अवसरमा सम्पूर्ण खेलाडी, सहभागी टोली, नेपाल क्रिकेट संघ र क्रिकेटप्रेमीहरूलाई हार्दिक शुभकामना,’ उनले भनेका छन्, ‘नेपाली क्रिकेट आज जुन स्थानमा आइपुगेको छ, त्यसका पछाडि वर्षौंको संघर्ष, मेहनत र समर्पण जोडिएको छ।’
उनले नेपाली क्रिकेटको विकासमा योगदान पुर्याउनेहरूलाई पनि पनि सम्झिएका छन्।
‘सीमित स्रोतसाधन र अनेक कठिनाइका बीच पनि नेपाली क्रिकेटलाई यहाँसम्म पुर्याउन योगदान गर्ने खेलाडी, प्रशिक्षक र क्रिकेटप्रेमीहरूलाई यस अवसरमा सम्झँदै, नेपाली क्रिकेटले आगामी दिनमा अझ धेरै उचाइ हासिल गरोस् भन्ने शुभकामना व्यक्त गर्दछु,’ थापाले भनेका छन्।
प्रतिक्रिया 4