+
+
Shares

परराष्ट्रमन्त्री खनालसँग साइप्रसका गैरआवासीय राजदूतको शिष्टाचार भेटवार्ता

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १० गते १८:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि साइप्रसका गैरआवासीय राजदूत इभागोरस भ्रियोनिडेसले आज सिंहदरबारमा शिष्टाचार भेटवार्ता गरेका छन्।
  • भेटमा नेपाल र साइप्रसबीचको द्विपक्षीय सहकार्यका विभिन्न विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
  • मन्त्री खनालले साइप्रसमा रहेका नेपालीबारे चासो व्यक्त गर्दै बहुपक्षीय मञ्चहरूमा आपसी हित र सहकार्य गर्ने विषयमा छलफल गरेका छन्।

१० कात्तिक, काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि साइप्रसका गैरआवासीय राजदूत इभागोरस भ्रियोनिडेसले आज शिष्टाचार भेटवार्ता गरेका छन् ।

सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको सो भेटवार्तामा मन्त्री खनाल र राजदूत भ्रियोनिडेसबीच नेपाल र साइप्रसबीचको द्विपक्षीय सहकार्यका विभिन्न विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

त्यस भेटका अवसरमा परराष्ट्रमन्त्री खनालले साइप्रसमा रहेका नेपालीका बारेमा चासो व्यक्त गरेका थिए ।

साथै, बहुपक्षीय मञ्चहरुमा आपसी हित र सहकार्य गर्ने विषयमा उनीहरूबीच छलफल भएको मन्त्रालयले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?