+
+
Shares

अमेरिकाबाट कुरियरमार्फत आएको गाँजासहित २ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक ११ गते १२:१६

११ कात्तिक, काठमाडौं । अमेरिकाबाट कुरियरमार्फत काठमाडौं आइपुगेको गाँजासहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारतीय नागरिक २३ वर्षीय भवर सिंह र ३३ वर्षीय वन्दित पटेल छन् । उनीहरूलाई लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरको टोलीले पक्राउ गरेको हो ।

अमेरिकाबाट डकुमेन्टको आवरणमा कुरियर गरी पठाइएको १ किलो ३३८ ग्राम गाँजासहित पक्राउ गरिएको ब्युरोका डीएसपी जीवन निरौलाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?