+

एन्फा अध्यक्ष र महासचिव अदालतमा उपस्थित, बयान सकियो

२०८३ कात्तिक  ११ गते १४:२० २०८३ कात्तिक ११ गते १४:२०

खेल मिलेमतो तथा ठगी सम्बन्धी कसुरमा मुद्दा खेपेका नेम्वाङ र राई बुधबार जिल्ला अदालत ललितपुरमा उपस्थित भएर बयान दिएका हुन् ।

११ कात्तिक, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राई अदालत उपस्थित भएका छन् ।

खेल मिलेमतो तथा ठगी सम्बन्धी कसुरमा मुद्दा खेपेका नेम्वाङ र राई बुधबार जिल्ला अदालत ललितपुरमा उपस्थित भएर बयान दिएका हुन् ।

उनीहरूको बयान सकिएको जिल्ला अदालत ललितपुरका सूचना अधिकारी टीकाध्वज कार्कीले जानकारी दिए । ‘उहाँहरूको बयान सकियो । अब बहस सुरु हुन्छ,’ कार्कीले अनलाइनखबरसँग भने ।

खेल मिलेमतो तथा ठगी सम्बन्धी कसुरमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को सिफारिसमा ललितपुर जिल्ला सरकारी वकिल कार्यालयले एन्फा अध्यक्ष नेम्वाङ, महासचिव राई, कोषाध्यक्ष रवीन्द्र जोशी र लेखापाल सन्जीव पाण्डेविरुद्ध मुद्दा चलाएको थियो ।

यसअघि जोशी र पाण्डे धरौटीमा छुटेका छन् भने नेम्वाङ र राई भने अदालतमा उपस्थित भएका थिएनन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) किरण राई पंकजविक्रम नेम्वाङ

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय