संयुक्त अरब इमिरेट्स (यूएई) ले विमान र यात्रुको ज्यान बचाउने भारतीय पाइलट क्याप्टेन स्मित मच्छरलाई देशको प्रतिष्ठित सम्मान प्रदान गरेको छ।
फ्लाई दुबईका क्याप्टेन स्मित मच्छरलाई ‘अर्डर अफ जायद सेकेन्ड- फर्स्ट क्लास’ बाट सम्मान गरिएको छ। यो जानकारी दुबई सरकारको आधिकारिक मिडिया अफिसको एक्स ह्यान्डलले दिएको छ।
अबु धाबीमा आयोजित एक विशेष कार्यक्रममा यूएईका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाहयानले क्याप्टेन स्मितसँग भेट गरे। राष्ट्रपतिले उनको बहादुरीको साहसको प्रशंशा गरेका छन् ।
यो पुरस्कार दुबईका क्राउन प्रिन्स तथा उपप्रधानमन्त्री शेख हमदान बिन मोहम्मद बिन राशिद अल मकतूमले क्याप्टेन स्मित मच्छरलाई हस्तान्तरण गरेका छन् ।
गत सेप्टेम्बर ३० मा फ्लाईदुबई को एक विमान दुबईबाट इजरायलको तेल अविवका लागि उडेको थियो। सोही क्रममा विमानका सह-पाइलटले ककपिटभित्रै भारतीय क्याप्टेन स्मित मच्छरमाथि ज्यानले लिने गरी आक्रमण गरेका थिए।
क्याप्टेन मच्छरले साहस देखाउँदै घाइते अवस्थामा नै ककपिटको ढोका खोलिदिएपछि विमानमा रहेका यात्रुहरूले भित्र आएर स्थिति नियन्त्रणमा लिएका थिए।
प्रतिक्रिया 4