+
+
Shares

कांग्रेस केन्द्रीय सदस्य निर्वाचित भट्टविरुद्ध निर्वाचन समितिमा उजुरी

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक ११ गते २१:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका केन्द्रीय सदस्यमा निर्वाचित सुशील भट्टविरुद्ध ३५ वर्ष नाघिसकेको दाबी गर्दै निर्वाचन समितिमा उजुरी परेको छ ।
  • सौगात थापाले ३५ वर्षमुनिका युवा महाधिवेशन प्रतिनिधि क्लस्टरका सबै उम्मेदवारको उमेर आधिकारिक कागजातका आधारमा छानबिन गर्न माग गरेका छन् ।
  • निर्वाचन समितिले उजुरीबारे अहिलेसम्म कुनै निर्णय गरेको छैन र कांग्रेसका निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यको शपथ भोलि हुँदैछ ।

११ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित सुशील भट्टविरुद्ध निर्वाचन समितिमा उजुरी परेको छ ।

भट्ट १५औं महाधिवेशनमा ३५ वर्ष मुनिको केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । तर, उनी निर्वाचित हुँदा ३५ वर्ष नाघिसकेको दाबी उजुरीमा छ ।

३५ वर्ष मुनिका युवा महाधिवेशन प्रतिनिधि क्लस्टरबाट उम्मेदवारी दिएका तथा निर्वाचित भएका सबै उम्मेदवारहरूको उमेरसम्बन्धी विवरण आधिकारिक नागरिकता तथा अन्य प्रामाणिक कागजातका आधारमा छानबिन गर्न उजुरीमा माग गरिएको छ ।

सोही क्लस्टरबाट उम्मेदवार बनेका सौगात थापाले निर्वाचन समितिमा उजुरी दिएका हुन् । निर्वाचन समितिले उजुरीबारे हालसम्म कुनै निर्णय गरिसकेको छैन ।

प्रत्येक उम्मेदवारको उमेर मनोनयन दर्ता गर्दाको मितिलाई आधार मानी विधानमा तोकिएको उमेरसम्बन्धी योग्यता पूरा भए–नभएको यकिन गर्नुपर्ने उजुरीमा उल्लेख छ ।

कांग्रेसका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ भोलि हुँदैछ ।

यस्तो छ निर्वाचन समितिमा पठाइएको उजुरी–

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?